Advertisement
SKIP THIS
राष्ट्रिय सभाका लागि आज निर्वाचन

काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचन आज (बिहीवार) हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ। फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो।

त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्।

कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ।

तपाईको प्रतिक्रिया