Advertisement
SKIP THIS
ऐतिहासिक डौंठेगडा मेला मंसिर ११ गते

निराकरण खबर अछाम:अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा हरेक बर्ष लाग्ने डौंठेगडा मेला यसबर्ष मेला यहीँ मंसिर ११ लाग्ने भएको छ।

हरेक बर्ष कात्तिक शुक्लपूर्णिमा दिन डौँठेगडामा मेला लाग्ने गर्दछ । डौंठेगडा मेला ब्यावस्थापनका लागि भरत बहादुर खड्काको संयोजकत्वमा समिति गठन समेत भएको छ।

ऐतिहासिक डौठेगडा मेला कसरी सुुरु भयो

करिब २ सय ३३ बर्ष देखि अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा डौठेगडा मेला मनाइदै आईएको छ।कात्तिक शुक्लपूर्णिमा दिन डौँठेगडामा मेला लाग्ने गर्दछ ।

यस मेलामा बिशेषगरी आफ्नो मनोकाक्षा पुराहोस् भनेर राँगा बोकाको बली दिने प्रचलन छ । मेला भर्न अछाम, डोटी, बाजुरा, कैलाली ,कञ्चनपुर , कालीकोट, सुर्खेत लागयतका ठाँउबाट हजारौ मानिस सहभागी हुने गर्दछ । बिशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बासिन्दा मेला भर्न यसठाँउमा आउने गरेको पाईन्छ । बरदादेवी माताको शक्तिका कारण आफ्नो मनोकामना पूर्ण हुने विश्वासका साथ यहाँ मानिहरु आएर राँगा बोकाको बली दिनुका साथै पुजा अर्चना गर्ने गर्छन ।

साथै त्यस दिन देखी भोलीपल्ट बिहानसम्म यसठाँउमा सुदूर तथा कर्णालीको चर्चित न्याउल्या खेल खलेर रमाईलो गर्ने प्रचलन समेत रहेको छ । तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का सीकिन्दर खड्काको पाला देखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहिास रहेको छ ।

तत्कालिन समयमा गाउँका मुखियालाई राजाको आदेशमा मुखियाहरूको टाउको काट्नु भनी आदेश दिईयो।

त्यसै बखतमा राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिन थाल्यो । सोहि क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनी प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मीत रहेका थिए भन्ने बुझिन्छ । जब उनलाई काट्न अहिलेको अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुरयाईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए ।

काट्न आएका खड्काका मीत प्रहरीले उनलाई भने, तपाई आफुले पुज्ने देवि देउतालाई सम्झनुहोस्, भनेपछि सिकीन्दर खड्काले वरदादेवी मातालाई सम्झेर २ बर्षको १ पटक छाडि रागो र बोका चढाउला भनेर सम्झेका इतिहासका जानकार थिर बहादुर खड्काले बताए ।
सिकीन्दर भागल वरदादेवि मातालाई भाकल गरे बर्षाको उर्लोदो कर्णाली नदीमा हाम फालेर सकुशल आफ्नो घर गाज्रा फर्केका यसै कारण डौँठेगडामा छाडी राँगबोकाको बली सहित दशैमेला लाग्ने गरेको किम्बदन्ती रहेको छ । पछि गएर सबैले वरकी देवि वरदादेविलाई आफ्नो मनोकामना पुरा होस् भन्दै राका बोकाको भाकल गर्ने गरेका छन।

अहिले पनि गाज्राका खड्काहरुले यो मेलामा पञ्चवाले छाडि रागो काटिरहेका छन् । खड्काहरुले छाडि रागो काटेपछि मात्रै अन्य भाकल गरेका रागाहरु काटिन्छन।

तपाईको प्रतिक्रिया