Advertisement
SKIP THIS
भुकम्प अपडेट: जाजरकोट र पश्चिम रुकुममा ७० को मृत्यु

सुर्खेत :शुक्रवार मध्यराती आएको भूकम्पमा परेर पश्चिमी रुकुम र जाजरकोटमा मात्रै ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

शनिवार बिहान पाँच बजेसम्म रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु र ५३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

त्यस्तै जाजरकोटमा ३४ जनाको ज्यान गएको उद्धारमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् जसमध्ये दर्जन जति गम्भीर घाइते भएका व्यक्तिहरूलाई सुर्खेत पठाइएको छ भने दुई दर्जन बढीको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्नीच्युडको भूकम्प गएको थियो भने त्यसपछि लगातार तीन वटा पराकम्प गएका थिए ।

तपाईको प्रतिक्रिया