Advertisement
SKIP THIS
भुकम्पमा परी जाजरकोटको नलगाढ नगर उपप्रमुख सिंहको मृत्यु

जाजरकोट :जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन ।
भुकम्पका कारण अहिलेसम्म जागरकोटमा २१ जनाको मृत्यु भईसकेको र कयौं घाइते भएका छन । राति भएकाले बिस्तृत बिवरण अझै आउने क्रम रहेको छ।

तपाईको प्रतिक्रिया