Advertisement
SKIP THIS
भुकम्पमा परी पश्चिम रुकुम र जाजरकोटमा ४३ जनाको मृत्यु

सुर्खेत :भूकम्पमा परी जाजरकोटमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएको र ८ जनाको मृत्यु भएको छ ।

यस्तै भुकम्पले घर भत्किादा रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको हो ।

तपाईको प्रतिक्रिया