Advertisement
SKIP THIS
भुकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु

जाजरकोट :जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो

उनले भने, ‘सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’

तपाईको प्रतिक्रिया