Advertisement
SKIP THIS
दाङमा अटो दुर्घटना,एक जनाको मृत्यु

दाङः  दाङमा अटो दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाकोमृत्यु भएको छ भने एकै घरका चार जना घाइते भएका छन्।

जिल्लाको बंगलाचुली गाउँपालिका–५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षिया विवाबुढा मगरको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरिक्षक सहदेव योगीले बताए।

प्रमुख प्रहरी सहायक निरिक्षक योगीका अनुसार दुर्घटनामा परी बंगलाचुली गाउँपालिका–५ झेलखोलका वर्ष ३६ का मतिराम बुढा, वर्ष ३० का ऋखिराम बुढा, वर्ष ४० का मानबहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाइते भएका छन्।

घाईतेहरुलाई उद्धार गरी उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरी सहायक निरीक्षक योगीले बताए। अटो चालक गेमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया