Advertisement
SKIP THIS
नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुलेको छ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षक पदमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया