Advertisement
SKIP THIS
कोशीमा एमालेको सहयोगमा कांग्रेसका  केदार कार्की मुख्यमन्त्री बने

बिराटनगर :कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।

शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए।

हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

‍सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। सोही अनुसार शुक्रबार आङ्बोले बहुमत सांसदहरूको हस्ताक्षरसहितको दाबी पेस गरेका थिए।

दुबै पक्षले बहुमत सदस्यहरूको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख खापुङले शुक्रबार ढिला भएका कारण सनाखत  गर्न  आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेका थिए। 

हस्ताक्षर गरेअनुसारका सांसदहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। 

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले अबको १ महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। 

तपाईको प्रतिक्रिया