Advertisement
SKIP THIS
मनाङ एयरको  हेलिकप्टर दुर्घटना

काठमाडौं : मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टरका पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ। उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ।

तपाईको प्रतिक्रिया