Advertisement
SKIP THIS
नेपालीको उद्धार गरी इजरायलबाट विमान राति ९ बजे फर्किने

काठमाडौँ : गत शनिवार इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धार गरिने भएको छ। बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको हो। 

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको हो। 

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए। एक जनाको अवस्था अझै अज्ञात छ। इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।

तपाईको प्रतिक्रिया