Advertisement
SKIP THIS
एमाले गण्डकीको अध्यक्ष नवराज शर्मा  निर्वाचित

पोखरा:नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

एमाले गण्डकी प्रदेश अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् ।
नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनजन्य दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।
उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
३३वटा विद्युतिय मेसिन मार्फत भएको मतदानमा ८ सय ९६ मत खसेको थियो १० जना अनुपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया