Advertisement
SKIP THIS
पोखराबाट सुर्खेत आउँदै गरेको यात्रु वाहक बस दुर्घटना

दाङ :पोखराबाट सुर्खेत आउँदै गरेको यात्रु वाहक बस दुर्त्रुघटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत आउँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटनामा परेको हो ।

बसमा १६ जना यात्रु सवार थिए ।बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको र घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । बस चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया