Advertisement
SKIP THIS
कोशी प्रदेशमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं: सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमालेका हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । 

सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको हो । 

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि उक्त आदेश दिएको हो । 

कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। 

निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ भने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश समेत दिएको छ ।

तपाईको प्रतिक्रिया