Advertisement
SKIP THIS
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार खुकुरी प्रहार भएको छ।

काठमाण्डौको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा वुधबार आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो।

खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। घट्नाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया