Advertisement
SKIP THIS
दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएपछि चापागाईंले सुरक्षाको माग गरे

काठमाडौं :नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएपछि राजीनामा दिएका नेविसंघका पुल्चोक इन्जिनियरिङ  क्यापसका सभापति सुलभ चापागाईंले सुरक्षाको माग गरेका छन् ।

इन्जिनियरिङ विषयको शुल्क वृद्धि फिर्ताको माग राख्दै अनशन बसेका चापागाईंले आफूहरुलाई नेविसंघका अध्यक्ष शेर्पाले कुटपिट गरी जबरजस्ती अनशन तोडाएकाे भन्दै सुरक्षाको माग गरेका हुन् ।

उनी भदौ ५ गतेदेखि आमरण अनशन बसेका थिए । ९औँ दिनदेखि सत्याग्रह बसिरहेको सभापति चापागाईंलाई धम्कीपुर्ण गालीगलौज सहित भौतिक दुर्व्यवहार गरि अनशन तोड्न बाध्य पारी राजीनामा दिएपछि उनले  सामाजिक सञ्जालमार्फत् सरकार, नेपाली काँग्रेस पार्टी ,प्रहरी प्रशासन सुरक्षाको माग गरेका छन् ।

इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउन माग गर्दै सत्याग्रहको ९ औँ दिनमा त्रिविका पदाधिकारी र विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरु बीच ५ बुँदे निर्णय भएको थियो।

चापागाईंले सामाजिक सञ्जालमार्फत विर हस्पिटलको क्याबिन न। ३०९ मा धम्किपुर्ण दवाब दिँदै आफ्ना साथी बबिन बस्नेत र रमेश केसीलाई कुटपिट गरी अनशन तोड्ने बाध्य गरेको घटनाप्रति निराशा जनाउँदै असुरक्षित महसुस भएको बताएका छन् ।

उनले हस्पिटलमा भएको घट्नापछि असुरक्षित महसुस गर्दे राति करिब १२ बजेतिर हस्पिटलको क्याबिनबाट निस्किएको समेत जनाएका छन् ।

उनले  सामाजिक सञ्जालमा लेखेका छन्,’मिति २०८०/०५/०४ ई. अ. स. ले निकालेको शुल्क बृद्दिको फिर्ताको माग गर्दै म ( सुलभ चापागाई ) २०८०/०५/०५ गते देखि २०८०/०५/१३ गते (९ औँ ) दिनसम्म आमरण अनशन बसेको यहाँहरुलाई अवगत नै छ । इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउने हेतुले हामीले गरेको सत्याग्रहको हिजो ९ औँ दिनमा त्रि. वि. का पदाधिकारी र विभिन्न विधार्थी सङ्गठनका पदाधिकारीहरु बिच ५ बुदे निर्णय भयो । ई. अ. स. का कुनै पनि प्रतिनिधिको हस्ताक्षर नरहेको र सो निर्णयहरुको कार्यावन्यनमा जटिलता हुनसक्ने भन्दै (हिजै दिउँस Dean सहित IOE का पदाधिकारीहरुसँग प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले कुनै निष्कर्षदिन नसकेको र VC ले निर्देशन गर्दैमा Dean कार्यालयले शुल्क बृद्धि फिर्ता गर्नेमा शंकास्पद थिए र सोहि कुरा मैंले अध्यक्षज्यू लाई बारम्बार अवगत गराउँदै गर्दा ने. वि. संघका केंन्द्रीय समितिका अध्यक्ष दुजाङ सेर्पालाई राख्दै गर्दा डिन लगायत ई. अ. स. को कुनै पदाधिकारीको हस्ताक्षर हुदैन भन्दै विर हस्पिटलको क्याबिन न. ३०९ मा धम्किपुर्ण दवाब दिदै मलाई अनवरत सहयोग गरिरहनु भएका दाइहरू बबिन बस्नेत र रमेश के. सी. लाई कुटपिट र म स्वयमलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईलाई धम्किपुर्ण गालिगलौज सहित भौतिक दुर्व्यवहार गरि अनशन तोड्ने परिबन्धमा पारियो । म स्वयमले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर विर हस्पिटलको क्याबिन न. ३०९ बाट निस्केको थिए । तसर्थ, हामिसबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपालि काँग्रेस पार्टी, प्रहरि प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु।’

तपाईको प्रतिक्रिया