Advertisement
SKIP THIS
१२ घण्टा आलु  पिठ्युमा बोकेर बिक्रीका लागी जाने गर्छन ,मेल्लेखका नागरिक

तारामान खड्का अछामः अछाममा आलु उत्पादनका लागी परिचित क्षेत्र मेल्लेख, कयौ पुस्ता देखि त्यहाको रिषीदह, नन्देगडाका नागरिक आलु खेति गरिरहेका छन ।अरु खेति लगाए जंगली जनावरले नष्ट गर्ने र उत्पादन समेत प्रयाप्त नहुने भएपछि उनिहरु आलु खेति गर्छन । मेल्लेखमा बर्षमा हिउदे र बर्षे गरि २ सिजनमा आलु उत्पादन हुदै आएको छ । त्यहाका १६०० बढी किसानले १ सिजनमा ५० हेक्टर क्षेक्रफलमा आलु खेति गर्ने गरेका छन ।

आफुले उत्पादन गरेको आलु छिमेकी गाउँघर तिर पिठ्युमा बोकेर बिक्रीका लागी गईरहने उनिहरुको बर्षौ देखिको नियती हो ।दिनमा १० देखि १२ घण्टासम्म हिडेर उनिहरु छीमेकी गाउँमा धान र गहुमा साट्ने त कोही पैसामा बिक्री गर्ने गरेका आलु बिक्री गर्न बान्नीगढी जयगढ गाउँपालीका २ जनालीमा भेटीएकी मेल्लेख गाउँपालीका ७ नन्नदेगडाकी बासमती साउँदले बताईन ।घरघरमा बिक्रीका लागी लिएपनि मेहनत अनुसारको लागत नउठ्ने, कहिलेकाही बिक्री नभएर सस्तोमा बिक्री गर्नुपर्ने उनिहरु बताउछन ।बषौंं देखि आफुहरु आलु बिक्री गर्न गाउँ गाउँ गईरहेका मेल्लेख गाउँपालीका ७ नन्नदेगडाकी किथ्थी साउँदले बताईन ।

गाउँपालीकाले उत्पादनमा सहयोग नगरेपनि बजारीकरणमा सहयोग गदिएको भए बिहान ४ बजेर गएर राती १२ बजे घर जानुपर्ने अवस्थाको अन्त्य हुने र बाकी समयमा अरु काम गर्न सकिने उनिहरु बताउछन । यसरी बिक्री नगरे घर खर्च चलाउन समेत मुस्कील हुने त्यहका किसान बताउछन। आफुहरुको मुख्य आयस्रोत भनेकै आलु खेति भएको आलु नलगाए खेतिबारी बाझो राख्नुपर्ने मेल्लेख गाउँपालीका ७ की सुन्तला साँउदले बताईन ।

मेल्लेख गाउँपालीकाले गाउँपालीकाका रिषीदह, नन्देगडाकालाई क्षेत्रलाई आलु पकेट क्षेत्र भने पनि ५ बर्षमा आलु बिस्तार र प्रर्वदनका लागी ७ लाख खर्च गरेको देखिन्छ ।आर्थीक बर्ष २०७७ ÷७७ मा कृर्षी निर्देशनालय दिपालयको सहयोगमा स्थानिय आलुको बिउँलाई भण्डारणका लागी १५ लाखमा रष्टिक स्टोर बनाएको छ । मेल्लेखका किसानहरुले उत्पादन गरेको आलु बजारिकण लागिरहेका आगामि दिनमा गाउँ गाउँ लिनुपर्ने अवस्था अन्त्यको लागी गाउँपालीका लागिरहेको मेल्लेख गाउँपालीका उपाध्यक्ष नृप बहादुर खड्काले बताए ।

देशमा तिन तहको सरकार भएपनि कुनै पनि मेल्लेखका आलु उत्पादक किसानले सरकार भएको महसुस गर्न पाएका छैनन ।आलुको बिउ उत्पादमा गाउँपालीकाले केहि प्रयास गरेपनि बजारिकरणमा कुनै प्रयास गरेको छैन । कहिले सम्म त्यहका नागरिकले पिठ्युमा बोकेर आफ्नो उत्पादन बिक्री गर्नुपर्ने हो ? मेल्लेख गाउँपालीका वडा नं १ र २ रिषीदह ३ ठाटी ६ शोडषा र ७ नन्देगडामा प्रसस्त मात्रमा आलु उत्पादन हुन्छ ।

तपाईको प्रतिक्रिया