Advertisement
SKIP THIS
चिनले चुच्चे नक्सालाई मान्यता नदिएपछि बालेनले चिन भ्रमण रद्द गरे

काठमाडौं:काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिएका कारण आफ्नो ५ दिने चीन भ्रमण स्थगित गरेको बताएका छन् । 

उनले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालकाे नक्साकाे चुच्चे स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गर्नु हाम्रो संवेनशिलतमाथि चालेको गतत कदमको रुपमा बुझेको उल्लेख गरेका छन् । साेही कारण नैतिकताको आधारमा भ्रमणमा नजाने निर्णय गरेको उनकाे भनाई छ । 

उनले लेखेका छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ ।

त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

तपाईको प्रतिक्रिया