Advertisement
SKIP THIS
संसद अवरोध संबिधान बिपरित

काठमाडौँः  नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।

शनिबार आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्। तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए।  ‘नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने।

नेम्वाङले संविधानसम्मत नभएको भनेपनि उनै उपाध्यक्ष रहेको प्रमुख प्रतिपक्षी दल एमालेले  लगातार संसद अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन।

तपाईको प्रतिक्रिया