Advertisement
SKIP THIS
बिहिन्न चर्चित काण्डको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा

काठमाडौंः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले पाँचजना एआईजीको सरुवा गरेको हो।

जसअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यायलको कार्य विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआईजी दिपक थापालाई जिम्मा दिइएको छ। प्रशासन विभागमा एआईजी मिरा चौधरी आएकी छन्। यसअघि, उनी कार्य विभागमा थिइन्।

त्यस्तै, मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्ज र त्यहाँ कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले सरुवा गरेको हो।

प्रहरीमा आठजना अतिरिक्त महानिरीक्षक छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एआईजी किरण बज्राचार्य, अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङ र प्रदेश समन्वय विभागका सुदीप गिरीको भने सरुवा भएको छैन।

तपाईको प्रतिक्रिया