Advertisement
SKIP THIS
नेबिसंघ काठमाडौं सभापति डंगोललाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि उनको आपत्ति

निराकरण खबर काठमाडौं:नेपाल बिधार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिको सभापति मनीष डंगोलले आफुलाई नेबिसंघको केन्द्रीय सदस्य मनोनीत गरेपछि आपत्ति जनाएका छन् ।

डंगोलले २०७९ फाल्गुन २६ गते नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले हस्ताक्षर गरेको काठमाडौं जिल्ला कार्यसमितिको सभापति पदमा मनोनित गरेका तर उनैले कुनैपनि सल्लाह नगरि केन्द्रीय सदस्यमा आफुलाई मनोनीत गरेको भन्दै आपत्ति जनाएका छन् ।

आफूहरुले नेबिसंघकको विधान अनुसार काठमाडौं उपत्यकाका क्याम्पसहरुमा नेविसंघको विजयका निम्ति सम्पूर्ण ढंगबाट समर्पित नतिजा समेत आफ्नो पक्षमा पार्न सफल भएका भनेका छन।

पछिल्लो समयमा नेपालको विद्यार्थी आन्दोलनको अग्रणी संस्था नेपाल विद्यार्थी संघभित्र मौलाएको एकाधिकारवादले संगठनको मूल मर्म गरिमा र भावनालाई कुठाराघात गरेको उनलेे बताएका छन् ।

हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बाहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेकोले आफू केन्द्रीय सदस्य नरहेको तर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष पदमा बाहाल रहेको बताएका छन।

तपाईको प्रतिक्रिया