Advertisement
SKIP THIS
अछामका आयोजनाहरुमा यति सम्मको अल्छीपना :२ देखि ५ दशकसम्म अलपत्र

तारामान खड्का अछाम:अछाम जिल्लालाई राज्यले हेर्ने नजर र हाम्रो सरकारको काम गराई कुन गतिमा छ भनेर हेर्न अछाममा भईरहेका बिकास निमार्णका कार्यहरु हेरे पुग्छ । नाममा बिकास निमार्ण भनिए पनि अछाम जिल्लामा बिकास निमार्ण उल्टो गतिमा भईरहेको छ । २०२८ सालबाट निमार्ण थालिएको चिसापानी–जंगलघाट–मंगलसेन सडक होस वा २०५२ सालदेखि नै अध्ययन सुरु भएको २० मेगावाटको बुढीगंगा जलबिद्युत आयोजना होस् वा १५ बर्ष देखि निमार्ण भईरहेको अछाम दरवार होस् अथवा त्रीद्धेशिय सेती राजमार्ग सबैको अवस्था उस्तै छ ।अछाममा भईरहेका आयोजना कछुवा गति भन्दा पनि कम गतिमा भईरहेका छन ।राज्यको नजर नपर्ने अछाममा यहाबाट पटक पटक निर्वाचिन जनप्रतिनीधीले समेत केन्द्र सरकारको ध्यानकर्षण गर्न सकेका छैनन् । अछाम सहित सुदूर पश्चीमको बिकासमा कोषे धुंगा साबित हुने यी आयोजनामा राज्यले प्रयाप्त बजेट दिदैन ।

१ः चिसापानी–जंगलघाट–मंगलसेन सडक
अछाम र कर्णालीका कालीकोट, दैलेख, मुग, जुम्लालाई तराईसँग जोड्ने सडक मार्गको चिसापानी–जंगलघाट सडक । २०२८ सालबाट निमार्ण थालिएको यो सडक हालसम्म पनि निमार्ण सम्पन्न हुन सकेको छैन। कैलालीको चिसापानी देखि अछाम सदरमुकाम मंगलसेन सम्म १ सय १० किलोमिटर सडक ५२ बर्ष लगायर ट्याक खोलिएपनि कर्णाली नदिमा पुल नबन्दा सञ्चालनमा आउन सकेको छैन ।

५६ वर्षअघि मोटर बाटो निर्माणको अवधारणा अघि सारेका स्व. भण्डारीले हरेक गाउँका महिला, पुरुषले श्रमदानबाट चिसापानीबाट सडक खन्दै २०२४ मा जिल्ला अछाम सदरमुकाम मंगलसेनमा मोटर पु¥याएका थिए ।तर ५२ बर्ष यो सडक खण्डमा गाडी चढ्ने नागरिकको सपना पुरा हुन सकेको छैन। तुर्माखादका कमल बुढाले बताए । राजा महेन्द्रको पालामा सडकको योजना बने पनि पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँन ५२ वर्षेसम्म गाडी सञ्चालनमा आउन सकेका छैनन ।
२ :सेति राजमार्ग
सुदुरपश्चिम प्रदेशको साबिक सेती अञ्चलको ५ वटा जिल्ला मध्ये कैलालीको दक्षिण भाग भारतको सिमानाबाट प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये करिब सबै भन्दा छोटो ( रेखाङ्कन ) दुरीको सेती राजमार्ग हो ।

२०७२ ÷०७२ सालमा सुरु भई २०७९÷८० मा सम्पन्न गर्नुपर्ने त्रीद्धेशिय सेती राजमार्ग निर्धारित समय सकीन लाग्दा समेत निमार्ण कार्यले तिब्रता पाउन सकेको छैन । दक्षिणी खण्डको २ सय ४२ किलोमिटरमा बिभीन्न खण्ड गरि १ सय ४७ किलोमिटर र उत्तरी क्षेत्रको १ सय १७ मा ४० किलोमिटर ट्याक खोलिएको छ । राज्यको उदाशीनता अछामबाट राजनिती गर्ने नेताहरुका कारण सेतिराज मार्ग कक्षुवा गतिमा समेत काम जभएको साँफेबगरका दिपक खड्काले बताए
सेती राजमार्ग बने भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीका लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ। बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको बजार सम्मको पहुँच सहज हुनेछ ।

३:बुढीगंगा जलबिद्युत आयोजना
नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको पहिलो जलविद्युत आयोजना २० मेगावाटको बुढिगंगा जलविद्युत आयोजना २०८० भित्रै सम्पन्न गर्ने गरि काम थालिएको थियो तर अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । आयोजनाले पुःन मुख्य काममा सुरुङ खन्ने र पावर हाउस निमार्ण गर्ने कार्यको लागि गरेको अन्तराष्ट्रीय ठेक्का आह्वान चौथो पटक ठेक्का आह्वान गरेको छ ।

४ः अछाम दरवार
माओबादी सशस्त्र दोन्दका बेला भत्काईएको अछाम दरवार १५ बर्षमा समेत निमार्ण सम्पन्न हुन सकेको छैन । अछाम दरवार निर्माणका लागि राजेन्द्र,साउँद,तुलसी दुर्गा,कुँवर बडीमालीका जेभीले २०६५ सालमा दरवार निर्माणको लागी २ करोड २५ लाखमा ठेक्का पाएका थिए । २०६५ सालमा पुनर्निर्माणको काम सुरु भएको दरवारको काम ७ बर्षसम्म रोकियो ।फेरी ०७५ भदौ पहिलो सातामा सुरु भएको पुनः निमार्ण हालसम्म सम्मपन्न हुन सकेको छैन ।काठको अभाव देखाउदै दरवार निर्माणमा ढिलाई भईरहेको छ। २ करोड २५ लाख मध्ये १ करोड १५ लाख ठेकदारले लगीसकेका छन ।

५ः नया शहर आयोजना साफेबगर

अछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८र६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको थियो ।

तर नया शहर निर्माणको काम भने अपेक्षा गरे अनुसार अघि बढ्न सकेको छैन । अछाममा नयाँ शहर आयोजना कार्यालयको स्थापना भएको पनि करिब १२ बर्ष वित्न लाग्यो । १ वर्षे तथा बहुवर्षे योजनाका बर्षैपिच्छे दर्जनौ योजनाका ठेक्का सम्झौता गरि काम थालेपनि काम सम्पन्न हुन सकेका छैनन् ।
राज्यले नयाँ शहर थप्दै जाने तर बजेट घटाउदै जादा नयाँ शहरको काम प्रभावति भएको र नयाँ शहर साँफेबगरमा आएको बजेट समेत पहुचका आधारमा अन्तैतिर खर्च भइरेको छ ।

तपाईको प्रतिक्रिया