Advertisement
SKIP THIS
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा बेपत्ता

काठमाडौं: मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लुक्ला क्षेत्रबाट बेपत्ता भएको छ । लुक्लाको सुर्केबाट काठमाडौं आउन लागेको हेलिकप्टर बेपत्ता भएको हो ।

मंगलबार बिहान साढे १० बजे कल साइन ९ एन एन एमभी हेलिकोप्टर सम्पर्क बाहिर गएको हो ।

हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए । जसमा ५ जना विदेशी यात्रु छन् ।

सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।

तपाईको प्रतिक्रिया