Advertisement
SKIP THIS
देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाए

काठमाडौं:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसका एक नेताका अनुसार देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका छन् ।

छलफलको विषय सार्वजनिक गरिएको छैन । यद्यपि केन्द्रीय सदस्य खाँण पक्राउ परेको विषयमा पनि छलफल हुन सक्ने देउवा निकट स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया