Advertisement
SKIP THIS
भुटानी शरणार्थी प्रकरणमा यश अघि प्रकाउ परेकालाई छोडिएको थियोे : अध्यक्ष ओली

काठमाडौँ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरूलाई बदनाम गर्ने, भ्रष्टहरूलाई जोगाउने र एमालेमाथि नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दाबी गर्दै प्रधानमन्त्री भएर स्टन्ड नभइ निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।​ उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकाबला हुने चेतावनी दिए ।

ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दाबी गरे । उनले प्रधानमन्त्रीले नै आफूलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरूलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफूहरू पूरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया