Advertisement
SKIP THIS
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस:श्रमिकका समस्या जस्ताका त्यस्तै

अछाम:आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः राष्ट्रको अभियान’ तय गरेको छ ।

श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल ट्रेडड युनियन महासंघ (जिफन्ट)ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, संगठित हौँ, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो संघर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गर्छन् ।

उनले भने, “हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त ग¥यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत संगठित हौँ, प्रशिक्षित हौँ र परिचालित हुनलाई आह्वान गरेका हौँ ।” नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो । श्रम दिवसलाई दिवसका रुपमा मनाएपनि श्रमिकमा समस्या जस्ताका त्यस्तै छन। सरकारले बनाएका निति नियम, नितिमै सिमित छन।

तपाईको प्रतिक्रिया