Advertisement
SKIP THIS
बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादव विजयी

निराकरण खबर अछाम : बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजबादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् ।

अन्तिम परिणाम अनुसार यादवले २८ हजार ४ सय १५ मत पाए।उनका निकटतम प्रतिस्पर्धी सिके रावतको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहले २३ हजार ३सय ३४ मत प्राप्त गरे ।

तेस्रो बनेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाए। यस्तै चौथो बनेका रास्वपाका रमेश खरेलले २ हजार ८ सय २९ मत पाए।

तपाईको प्रतिक्रिया