Advertisement
SKIP THIS
अछामका दुई जना डिआइजीमा बढुवा

निराकरण खबर अछाम :अछाम घर भएका दुई जना सहित १३ डिआइजीमा बढुवा भएका छन ।नेपाल प्रहरीका उनिहरुले नायव महानिरीक्षकले बिहीबार फुली लगाएका हुन। यी मध्ये
कुवेर कडायत र भरत बहादुर बोहरा अछामका हुन् ।कडायत साँफेबगर नगरपालीका ८ चण्डीका बयालपाटा र बोहरा बान्नीगढी जयगढ गाउँपालीका ४ तिमील्सैनका हुन ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट डिआइजीमा बढुवा भएकाहरुलाई बिहीबार आईजीपी वसन्त कुँवरले फुली लगाइदिएका हुन्। बुधवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डिआइजीको बढुवा नियुक्ति गरेका थिए। २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

डिआइजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के।सी, भरत बहादुर बोहरा, रवीन्द्र के।सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन्।

तपाईको प्रतिक्रिया