Advertisement
SKIP THIS
देखिन थाले जलबायु परिवर्तनका असर

तारामान खड्का अछाम:मानविय क्रियाकलापका कारण बर्षेनी जलबायु परिवर्तन हुदैँ गएको छ। प्राकृतिक स्रोत साधनको अत्याधिक दोहनबाट वन विनाश र वन क्षयीकरण, दिगोपन रहित खेती प्रणालीको प्रयोग, जथाभावी तवरले निर्माण गरिएको पूर्वाधार, द्रुत शहरीकरण; गरिबी, प्रदुषणका कारण जलबायु परिवर्तनका असर देखिन थालेका छन । जलबायु परिवर्तनका कारण अछाम सहित अछामबाट देखिने हिम शृखलाहरु देखिनै छोडेका छन । पौष, माघ र फाल्गुनमा हिउँले सेताम्मे हुने हिमाली डाडाकाडा नाङ्गै देखिए । नदिहरुमा पानीको सतह घट्दै गएको छ ।

२०७७ भदौ ३ गते अछामको कैलाश खोलामा आएको बिनासकारी बाढीले बगाउदा १९ जनाको मृत्यु भएको थियो । यसरी बाढी आउला भनेर कसैले आकलन नै गरेका थिएनन्, बाढीले तटीय क्षेत्रमा तहस नहस पार्यो, बाढी आउनको कारण नदिको उदगम स्थल रामारोशनमा ताल फुट्दा बाढी आएको देखियो । जलबायु परिवर्तनका कारण बर्षै सम्म सुरक्षीत रहेका ताल फुट्दा अकालमै १९ जनाले ज्यान गुमाए । भदौ अन्तिम साता अछामको पहिरोमा परि कमलबजार नगरपालीका र तुर्माखाद गाउँपालीका आएको पहिरोले २१ जनाको ज्यान लियो कारण थियो जथाभाबि सडक ।

उमेरले ८ दशक काटेका अछामको साँफेबगर नगरपालीका ६ भाग्यश्वरका धर्मराज शर्माले आफु बाल्यकाल हुदाँ पौष माघ महिनामा घरबाट डाडाकाडा हिउँले सेताम्मे देखिने गरेका अहिले भने त्यस्तो देख्न मुस्कील भएको बताए ।जलबायु परिवर्तनले गरिखाने बर्ग सम्मस्यामा परेका छन । जलबायु परिवर्तनका कारण जेठ बैशाखमा हल्का गर्मी हुने अछाममा अचेल फाल्गुन महिनामै गर्मीको महसुस मात्रै हैन पङ्खखा नसुनेकाले पङ्खखा लगाउनु पर्ने अवस्था रहेको बान्नीगढीका गाउँपालीका १ गाज्राका इमानसिंह खड्काले बताए।

जलबायु परिर्वतनले डाडाकाडामा हिउँ नभएपछि नदि नाला, खानेपानीका मुल सुक्ने मात्रै हैन बर्षाको भरमा लगाउने खेतिपाती समेत लगाउन पाएका छैनन्।
जलबायु परिवर्तनका कारण कृषि क्षेत्र, खाद्य सुरक्षा, जल र उर्जामा समेत प्रत्यक्ष प्रभाव परेको छ ।जलबायु परिवर्तनका कारण,अनाबृष्टी, अल्पबृष्टी पछिल्लो समयमा भईरहेका छन। जलबायु परिवर्तनलाई कमि गर्न स्थानिय सरकारको मत्वपुर्ण भुमिका भएपनी उनिहरुनै अनबिज्ञ रहेको पाईन्छ ।

यता बान्नीगढी जयगढ गाउँपालीकाले भने निती तथा कार्यक्रमा जलबायृ परिवर्तको बिषय समेटेको गाउँपालीका उपाध्यक्ष बिन्दु रावलले बताईन ।
जलबायृ परिवर्तनले बिश्वको तापमान बढ्दै गएको छ ।मानिसहरु गम्भीर नबन्दा मानविय क्रियाकलापको कारण बर्षेनी जलबायु परिवर्तनले मानव जिवनलाई संकटमा पारिरहेको छ ।तिनै तहका सरकारले सहित आम नागरिक यस बिषयमा गम्भीर बन्न जरुरी छ ।

तपाईको प्रतिक्रिया