Advertisement
SKIP THIS
अछामी होरी

कौशिला कुँवर:हिन्दु धर्मावलम्बीहरुले फागु पूर्णिमाका दिन आ–आफ्नो कला संस्कृति मुल्य मान्यता अनुसार एक आपसमा विभिन्न रङ्गी विरङ कलर दलेर होली पर्व मनाउने परम्परा छ । यो पर्वलाई अछाम जिल्लामा भने फरक तरीकाले मनाउने प्रचलन छ । अछामको होली पर्वले एउटा छुट्टै मूल्य र मान्यता बोकेको छ । यो पर्वलाई विषेश गरी अछामी भाषामा होरी भन्ने गर्दछन । अछाममा मनाउने गरेको होरीको विशेषता यो छ की, होरी मनाउँदा विभिन्न कलर एक आपसमा दलेर मात्र मनाइदैन ।

नेपालका अधिकांश मानिसहरुलाई अछामी होरीको ’boutमा थाहा नहुन सक्छ । भन्दा कोहीलाई अचम्म पनि लाग्न सक्छ । अछाममा मनाइने होरी एक दिन मात्रै मनाइदैन । करिब आठ-दश दिन सम्म मनाउने गरीन्छ । धेरैको मनमा लाग्न सक्छ आठ ÷दश दिनसम्म पनि होली कसरी मनाउछ्न होला । होली पर्व त केवल एक दिन मात्र हुन्छ ? यस्ता अनेक प्रश्न मनमा पक्कै आउन सक्छन । मनमा अनेक प्रश्न आउनु पनि स्वभाविक हो । आठ दशसम्म दिन होरी कसरी मनाउछ्न ? होइन होला ? अचम्म मान्नु पर्दैन ।

हो अछाममा होली पर्वलाई अछामीहरुले आफ्नो कला र सस्कृति झल्कने गरी आठ-दश दिनसम्म होली पर्व मनाउने गर्दछन् । अछाममा होरी शिवरात्री दिनमा शिवजीको मन्दिरबाट सुरुवात गरेर आ–आफ्नु गाउँको पटकानीमा गाउँका सबै जना मिलेर लेख्ने परम्परा छ । त्यो पनि यतिकै भने खेल्दैन । गाउँका सबै दाजुभाइहरु मिलेर बाजा सहित आफ्नै देउडा भाका र लयहालेर खेलिन्छ । रमाइलो कुरा त यो छ कि होरी पुरुषले मात्रै खेलिन्छ । महिला दिदीबहिनी गाउँका केटा केटीहरु एकै ठाउँमा जम्मा भएर हेर्ने गर्छन् ।

शिवरात्रीको दिनमा शिवजीको मन्दिरबाट औपचारिक रुपमा सुरुवात गर पनि पञ्चमीको दिनदेखि प्रत्येक साँझबाट गाउँगाउँमा आप्mनो पटकानीमा सबै दाजु भाइ मिलेर होरी खेल्ने प्रचलन रहेको छ । सुरुका दिनहरुमा साँझको खाना खाएपछि राती सबै जना पटकनीमा जम्मा भएर सामान्य लुगाको पहिरनमा खेलिन्छ भने तीन चार दिन राती खेलेपछि दिउँसो एउटा छुट्टै पोशाक पहिरेर खेल्ने गरीन्छ । पोशाक भने सेतो हुन्छ । त्यसलाई अछामी भाषामा जामा भन्ने गरिन्छ । यसैगरी जामासँगै ठाउकोमा छुट्टै रातो टोपी समेत पहिरेको हुन्छ । अनि सबै जना लाम्बध भएर आप्mनै भाका लय मिलाएर गाउँदै होली खेल्ने गरीन्छ । होरीमा गाइने सबै भाका भगवान विश, पर्वती, कृष्ण भगवानको नाममा आफ्नै भाषामा देउदा तयार गरी लयहालेर गाउँदै खेलिन्छ ।

होरीमा गाइने भाका
कहाँ जन्मे कृष्ण कन्हैया,
कहाँ जन्मिन् राधामैया,
गोकुल जन्मे कृष्ण कन्हैया,
मथुरा जन्मे राधामैया…।

होरी खेल्दा पुरुषका दुई छुट्टाछुट्टै समूह गोलाकार घेरामा लागी सेतै पहिरन र घाटीमा फूलको माला पहिरिएर एउटै स्वर र लयमा देउडा होरी खेल्ने अछामीहरुको पुरानै कला संस्कृति रहेको छ । होरीमा गाइने देउडा शिवको लीलाबाट सुरु हुने गर्छ । होरी खेल्दा पुरुषहरुले खेल्ने र महिलाहरुले पुरुषहरुले खेलेको सबै गाउँका आमा दिदीबहिनी केटा केटी जम्मा भएर हेर्ने गर्छन् । धेरै जस्तो दिदीबहिनी माइतीमा होरी हालेको छ भन्दै पोइली घरबाट माइती आउने गर्छिन । अछामी होरीको आप्mनो छुट्टै महत्व बोकेको छ । यसले सुदुरपश्चिको संस्कृतिलाई झलकाउँछ । यो खाली होरी मात्र नभएर दाजुभाइहरुको नाता सम्बन्धलाई जोडने काम पनि गरेको छन् ।

नयाँ पुस्तामा मौलिक लोकसंस्कृति अनुसार भन्दा पनि एकआपसमा रङ दलेर होली खेल्ने प्रचलन बढेकाले परम्परागत होली विस्तारै लोप हुने थालेको छ ।

अछामी होरी खेल्दा अर्काे चाखलाग्दो कुरा होरी खेल्दा लगाइने सेता जामा संगै घाँटीमा गुराँसी फुलहरुका माला लगाएका हुन्छन् । होरीको गितीभाकाको तालसंगै दमाहा झ्याली नरसिंग बाजा पनि बजाइन्छ । अछाममा होरी जस्तै अर्काे दरके होरी पनि मनाइन्छ । अछामी दरके होरी भनेको गाउँमा केही मान्छे वितेको छ भने फागु पुर्णिमामा खेल्ने होरी खेन्न नपाएपछि त्यो भन्दा पछिको समयमा पनि खेलीने होरीलाई दरके होरी भन्छिन । दरके होरी खेल्दा पनि अगाडिको होरी जस्तै खेन्लीछ ।

होरीको अन्तिम दिनमा मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ । त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा परालको मुठासंग आगोले जलाउने पोलिन्छ । साथै होरी देविको मन्दिरमा खेल्ने भएकाले होरी खेल्दा कुनै गल्ति भएको हुन सक्ने भएकाले गल्तिको छेमा माग्न देविको नाममा बोकाको बलि दिन प्रचलन पनि रहेका छ । होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिएर लेखिएका देउडा गाइने गरिन्छ ।

अधिकांश पुरुष यति बेला कामको सिलसिलामा विदेशमा हुने भएकाले पुरुषको अभाव हुने गाउँमा भने होरी खेल्न परम्परा पनि विस्तारै छुट्दै गएको छ । नयाँ पुस्तामा मौलिक लोकसंस्कृति अनुसार भन्दा पनि एकआपसमा रङ दलेर होली खेल्ने प्रचलन बढेकाले परम्परागत होली विस्तारै लोप हुने थालेको छ ।

पछिलो समयमा गाउँका मानिसहरु बैदेशीक रोजगारका लागि बाहिरीएकाले गाउँमा होरीको रैनक घट्दै गएको छ । अछामबाट बसाइसराइ गरी आएका अछामीहरुले कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको झलारी, नेपालगञ्जको कोरियनपुर र धम्बोझी, बर्दियाको काठमाडौंमका पनि केहिले अछामीहरु मिलेर परम्परागत होरी मनाउने गरेको पाइन्छ । पुर्णिको दिन काठमाडौंको मिनभवन क्याम्पसमा पनि केहि वर्ष यता अछामीहरुले अछामको पम्परागत होरीको संस्कृतिलाई बचाउन कै लागि होरी खेल्दै आएका छन् । यो अछामी होलीमा काठमाडौंको जस्तो हिलो पानी भन्दा सुक्छ कलर आफु भन्दा ठूलोको हातबाट टिकाको रुपमा लगाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया