Advertisement
SKIP THIS
नेबिसंघ अछामको अध्यक्षको जिम्मेवारी खेमराज खड्कालाई

निराकरण खबर अछाम:नेबिसंघ अछामको अध्यक्षको जिम्मेवारी खेमराज खड्कालाई दिईएको छ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मिति २०७९ /१० १५ गते प्राप्त नेपाली कांग्रेस, अछाम जिल्लाको पत्र अनुसार र नेपाल विद्यार्थी संघ अछामको अध्यक्ष पद रिक्त भएकोले अछामको अध्यक्षको जिम्मेवारी दिईएको हो।

नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि खड्कालाई नेपाल विद्यार्थी संघ अछाम जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

तपाईको प्रतिक्रिया