Advertisement
SKIP THIS
ग्यालेक्सी कर्मिलाई सिर्जना घिमिरेलाई धनयामा सक्रिय महिला पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं :पत्रकार सिर्जना घिमिरेलाई धनयामा सक्रिय महिला पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले आज एक कार्यक्रमकाबीच पत्रकार घिमिरेलाई पुरस्कार प्रदान गरेकाे हाे । उनी ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन् ।

यस्तै वसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई वर्षोत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको छ ।

पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

यसैवर्षदेखि स्थापना गरिएको फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारबाट दृष्टिबिहिन शिक्षक चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि नगद ११ हजारसहित सम्मान पत्र रहेको छ ।

तपाईको प्रतिक्रिया