Advertisement
SKIP THIS
फागुन १ जनयुद्ध दिवस ,यी प्रहरी चौकी आक्रमण गरि माओवादीले जनयुद्ध सुरु गरेको थियोे

निराकरण खबर अछाम: तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते आजैका दिन बहुदलीय संसदीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्ध सुरु भएको थियो ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीस्थित प्रहरी चौकीमा माओवादीले १ फागुनको राति एकैसाथ हमला गरेका थिए । यस्तै गोरखाको च्याङलीस्थित कृषि विकास बैंकको शाखा कार्यालयसमेत सोही दिन माओवादीले कब्जामा लिएका थिए ।

फाल्गुन ४ गते माओवादीले अछाम आक्रमण गरेको थियोे अछामको साँफेबगर प्रहरी चौकि, जिल्ला सदरमुकाम मंगलसेनमा प्रहरी चौकी नेपाली सेनाको ब्यारेक जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यलयमा आक्रमण गरेको थियोे । आक्रमणमा परि सर्वधारण सहित १ सय ४९ जनाको मृत्यु गएको थियो।

१४ फागुनमा गोरखाका १४ वर्षीय बालक दिलबहादुर रम्तेललाई प्रहरीले हत्या गरेको थियो । माओवादीले रम्तेललाई जनयुद्धको प्रथम शहीद मान्दै आएको छ । त्यस क्रममा राज्य र माओवादी दुवैतर्फबाट गरी करिब १७ हजार नागरिकको ज्यान गयो ।

माओवादीका तर्फबाट वैकल्पिक पोलिट्ब्युरो सदस्य सुरेश वाग्ले, केन्द्रीय सदस्य किमबहादुर थापा, मोहनचन्द्र गौतम र शेरमान कुँवर उच्चस्तरबाट ज्याउन गुमाउने नेता हुन् । यस्तै माओवादी आन्तरिक कारबाहीमा परेका तत्कालीन पूर्वी कमाण्ड इन्चार्ज यानप्रसाद गौतम –आलोक) को माओवादी मिलिसियाको नियन्त्रणमा रहेका बेला रोल्पाको कुरेलीमा नेपाली सेनाले हत्या गरेको थियो ।

आलोक जनयुद्धमा ज्यान गुमाउने सबैभन्दा उच्चस्तरका नेता हुन् । जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्येका दण्डापाणि न्पौपाने, विद्यार्थी नेताहरु पूर्ण पौडेल, विपिन भण्डारीलगायत दर्जनौं अझै बेपत्ता छन् ।

१ फागुनदेखि ५ मंसिर २०६३ का दिन शान्ति प्रक्रियामा औपचारिक हस्ताक्षर हुँदाका दिनसम्म मुलुकमा जनयुद्ध चलेको थियो । जनयुद्धको नेतृत्व गरेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीले तीनकसम्म आफ्नै नेतृत्वमा सरकार चलायो । पार्टीले अंगीकार गरेको कार्यदिशालाई लिएर भएको विवादले पटकपटक माओवादी विभाजित भयो ।

मुलधारको माओवादीबाट अलग भएका मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ । माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति नामको अलग्गै पार्टी निर्माण गरेका डा. बाबुराम भट्टराई फरक पार्टीमा छन् ।

गोपाल किराँती छुट्टै समूहको नेतृत्व गरिरहेका छन् । लोकेन्द्र विष्टमगर दाङमा कृषि कर्ममा लागेका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत नेता एमालेमा छन् ।

माओवादीले जनयुद्दमा निर्माण गरेको जनमुक्ति सेनामध्ये करिब १४ सय २१ जना हाल नेपाली सेनामा छन् । माओवादी सेनाको नेतृत्व गर्दै नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी हाल जर्णेल छन् ।

शान्ति प्रक्रिया सुरु हुनुअगावै माओवादीका ३२ हजार सेनालाई मुलुकका विभिन्न सात स्थानमा अस्थायी शिविर बनाएर राखिएको थियो । ३२ हजारमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले १९ हजार ६ सय २ जनालाई प्रमाणीकरण गरेको थियो । प्रमाणीकरण भएकामध्ये १५ हजार ६ सय ३० जनाले ‘गोल्डेन ह्याण्डक्यास’ सहित स्वेच्छिक अवकाश रोजे । अनमिनले करिब ४ हजार लडाकुलाईे अयोग्य ठहर गरेको थियो । राहत र पुर्नस्थापना नभएको भन्दै उनीहरु बेलाबेलामा आन्दोलित हुने गरेका छन् ।

मुल नेतृत्वले जनयुद्दको उद्देश्य छाडेर परिवारवाद, नातावाद अंगाल्दा धेरै नेता कार्यकर्ता निराश छन् । तर, नेताहरुले जनयुद्धको मुल राजनीतिक लक्ष्य पूरा भएको दाबी गरिरहेका छन् । वंश परम्पारामा आधारित २ सय ४० वर्ष शासन गरेको राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, सामाजिक जागरण, लामो समयदेखि बञ्चितीकरणमा परेका महिलासहित जाति, क्षेत्र र वर्गको राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धी जनयुद्धकै जगमा हासिल भएको दाबी माओवादी नेताहरुको छ ।

तर नेतृत्वले जनयुद्ध लडेका सहिद परिवार र अंगभंग भएका घाइतेहरुलाई कुनै वास्ता नगरेर, पुजीवादहरुलाई अंगालेको उनिहरु बताउछन।

तपाईको प्रतिक्रिया