Advertisement
SKIP THIS
आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण

काठमाडौँ:आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।

‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो । अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि पश्चिमतिरबाट पानी पर्ने प्रणाली प्रवेश गर्ने देखिन्छ । यसरी प्रवेश गरेको मौसमी प्रणाली २÷३ दिनसम्म रहन सक्छ ।’

मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । तर, भारी वर्षा हिमपात भने नहुने अनुमान गरिएको छ । यसरी वर्षा र हिमपात भएमा कृषकलाई फाइदा हुने बताएको छ ।

तपाईको प्रतिक्रिया