Advertisement
SKIP THIS
नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धन सहभागी

काठमाडौं :माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् ।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रतिनिधि सभामा बोल्ने क्रममा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै छिटोछिटो सरकार परिवर्तनको पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै विगतको शिक्षाबाट पाठ सिकेर अघि बढ्न आग्रह समेत गरे । ‘ 

‘भोलि त विश्वासको मत लिनु छ, यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईँहरूको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्’ नेपालको भनाइ छ । उनले भने, ‘हामी चाहादैनौं छिनछिनमा सरकारहरू परिवर्तन होस् । विगतको अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ, त्यो शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ ।’

तपाईको प्रतिक्रिया