Advertisement
SKIP THIS
माधव नेपाललाई राष्ट्रपति बनाउने तयारी

काठमाडाै :पछिल्लो एक सातामा राजनीतिक समीकरण बदलिएको छ । यो नयाँ समीकरणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बन्ने अवसरका लागि माओवादीले काँग्रेससँगको गठबन्धन छाड्नु पर्दथ्यो ।

प्रधानमन्त्रीको दावीका लागि अन्तिम दिनको समय सीमामा काँग्रेससँग छुट्टिएका प्रचण्ड सोही दिन प्रधानमन्त्री बने । अब सात दलीय सत्ता गठबन्धनमा सत्ता शक्ति बाँडफाँडको तयारी तीव्र रुपमा चलिरहेको छ ।

जसमा एमालेले राष्ट्रपति पद प्राप्त गर्नेछ । त्यस्तै उपराष्ट्रपतिमा माओवादी, सभामुख एमाले, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चर्चा छ ।

यसबैबीचमा बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच खुमलटारमा बैठक बसेको थियो । उक्त बैठकमा गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई पनि भित्र्याउनेबारे छलफल भएको थियो । यति मात्रै होइन नेकपा एमाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्ने सम्मको चर्चा छ ।

द नेपाल टप दैनिकका अनुसार माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ ।

प्रचण्डसहित माधवसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भएपनि पार्टी एकता गर्ने सम्मको तयारी भइरहेको बुझिएको छ ।

ओलीकै डिजाइनमा प्रचण्डसमेत प्रधानमन्त्री बनिसकेका छन् । अब नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रधानमन्त्री प्रचण्डबाटै प्रस्ताव हुने जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता पनि थालिसकेका छन् ।

उता माधव नेपालले पनि बुधार केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका थिए ।

तपाईको प्रतिक्रिया