Advertisement
SKIP THIS
नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं:नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो। 

‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले भनिन्।

श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया