Advertisement
SKIP THIS
बालेनको अर्को काम ,लोकसेवाका ‘वेटिङ लिस्ट’मा रहेका इन्जिनियरलाई भर्ना लिदै

काठमाडौँ:काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा करारमा इन्जिनियर भर्ना गर्ने तयारी थालेको छ । पूर्वाधारसम्बन्धी कामका लागि करारमा इन्जिनियर राख्‍नुपर्ने भएकाले महानगरले लोकसेवा आयोगले चालू आर्थिक वर्षमा लिएका परीक्षामा अस्थायी तथा वैकल्पिक योग्ताक्रममा रहेका सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल र स्ट्रक्चर इन्जिनियरहरूलाई करारमा भर्ना लिन लागेको हो ।

मेयर बालेन्द्र शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार लोकसेवा आयोगले लिएका परीक्षाहरूमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा रहेका इन्जिनियर उम्मेदवारहरुलाई करारमा भर्ना लिन लागेको बताए ।

वैकल्पिक सूचीमा रहेकाहरुले ७ दिनभित्र निवेदन, प्रवेश-पत्रको प्रतिलिपिसहित स्‍नातक पास गरेको प्रमाणपत्र लिएर महानगरको प्रशासन विभागमा सम्पर्क गर्न भनेको छ ।

लम्सालका अनुसार महानगरको बजेटको आकार ठूलो हुँदा पूर्वाधारसम्बन्धीको काममा प्राविधिक जनशक्तिको अभाव भएपछि ३२ वटै वडामा इन्जिनियरहरू राख्‍न लागिएको बताए । ‘पूर्वाधारको प्रगति विवरण हेर्दा २० देखि २५ प्रतिशत मात्रै छ । त्यो समस्यालाई सम्बोधन गर्नका लागि हामीले नयाँ कर्मचारी करारमा भर्ना गर्न लागेका हौं,’ उनले भने 

लम्सालले करारमा कर्मचारी राख्नुपर्दा लोकसेवा आयोगले लिएका परीक्षामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई वरियताक्रम अनुसार प्राथिमकतामा राखेर नियुक्ति गरिने बताए ।

तपाईको प्रतिक्रिया