Advertisement
SKIP THIS
तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै ‘मलासी’

कृष्ण मलासी डोटी: जिल्लाको सदरमुकाम दिपायल नजिकै चिसापानीमा कर्ण मलासिले कृषि खेती र बाख्रा पालन गर्दै आएका छन ।ओभर सियर पढेर दिपायल सिलगढी नगरपालिकामा जागिर गर्दै आएका मलासीले कृषिलाई थप जिवन जिउने आधार बनाएका छन् ।

बिगत एक दशक देखि उनलेे क्षेत्रीय सदरमुकाम दिपायलबाट दुई किलोमिटर अगाडि सिलगढी जाने बाटोमा करिब ६ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी तरकारी खेती गर्दै आएका छन ।

उनले तरकारी मात्रै होईन विभिन्न जातका बोका, बाख्रा,खसी, पनि पालेका छन । मलासिको तरकारी खेतीले पछिल्लो समय चिसापानी को मुहारनै फेरिन थालेको छ । उनले तरकारी खेती सङसंङ्गै विभिन्न किसिमका बीउ बिजन उत्पादन समेत गरिरहेका छन।

मलासिले उक्त ६ रोपनीमा काउली,बन्दा,टमाटर,भाजी,पालङ्गो,रायो,मुला, प्याज, आलु जस्ता बिभिन्न किसिमका तरकारी खेती गरेर उदाहरणिय काम देखाएका छन् ।केहि बर्ष पहिले बाझो देखिने जमिनमा उनले तरकारी खेति गरेपछि अहिले हरीयाली भएको स्थानीय रबि श्रेष्ठले बताए ।

उनले भने ‘पहिला यो जमिन मा धान र गहुँ गरि बार्षिक दुई खेती देख्न पाइन्थ्यो अहिले जुनसुकै महिनामा पनि हरियाली र मनोमहक देख्दा आफू निकै खुशी भएको बताए ।

अहिले उनलेे गरेको उत्पादनले राम्रो बजार पाएको छ।उपभोक्ता समेत उनकै बारीमा तरकारी किन्न आउने गरेका छन।
परिश्रम गरे के हुन्न भन्ने उदाहरणका पात्र बनेका छन मलासि,

उनलेे गरेको देखेर अहिले उनका छिमेकी सबैले तरकारी खेतिलाई निकै जोड दिएको देखिन्छ । बजार ब्यबस्थापनको लागि बाहिरबाट आउने तरकारीलाई बढी जोड दिने र स्थानीय तरकारीको खासै प्राथमिकता नदिएको उनको गुनासो छ।

सोही तरकारी खेतीबाट उनले आफ्ना एक छोरा र दुई छोरी लाई उच्च शिक्षा समेत हासिल गराएका उनले कृषि पेसा आफुलाई निकै रुचिरहेको बताउदै उनले भने जागीर भन्दा बढी आम्दानी कृषिबाट गरेको छु ,मेरो लागी मनोरञ्जन र ब्यायम गर्ने ठाउ नै यहि बारी हो। मलासी भन्छन् अरु स्वास्थ्यको लागि एक्ससाइज गर्न यहीँ बाटो आउछन् तर म यहीँ बारीमा एक्ससाइज गर्ने गर्दछु ।

बर्षेनी रोजगारीका लागि भारत तथा अन्य देश पस्दै आएका डोटेलीहरुलाई काम गर्न सके घरमै पैसा भएको उदाहरण समेत उनको तरकारी खेती तथा बाख्रा पालनले दिएको छ । कामका लागि मलेसिया,कतार तथा साउँदी अरबमा जानै नपर्ने खाडी जानू भन्दा झाडीमै करोडौं फल्ने उनले बताए ।

मलासी भन्छन “अब कृषिलाई पर्यटनसङ्ग जोडनु पर्दछ । छोटो समय तथा कम लगानीमा गाउँघरमा बसेर सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो, “कृषि–पर्यटन ।,कृषि–पर्यटनको विकासले युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोक्छ ।

तपाईको प्रतिक्रिया