निराकरण खकर डोटी:डोटीमा अन्तर पालिका स्तरीय १ लाख २५ हजार प्रथमले पुरस्कार राशिको पुरस्कार पाउने गरि शिखर नगरपालिकामा अन्तर पालिका स्तरीय (एसपिए) भलिबल अयोजना हुने भएको छ ।
डोटीका ९ वटै पालिकाका खेलाडीहरु काे टिम दर्ता हुने गरी भलिबल आयोजना गरीन लागेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विजेताले १ लाख २५ हजार रुपैयाँ र ट्रफी , उपविजेताले ५१ हजार नगद र ट्रफी ,तेस्रो हुनेले २१ हजार र ट्रफी पाउनेछ । दिपायल सिलगढी नगरपालिकाको हलमा पत्रकार सम्मेलन गरि सिखर नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष दिपक बोगटीले सम्मेलन मार्फत जानकारी दिए । प्रतियोगिता शिखर नगरपालिका वडा १ कपल्लेकीमा हुने जनाइएको छ।
सहभागी टिमलाई मंसिर २२ गतेभित्र टिमदर्ता गरिसक्न आग्रह गरेको छ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।
यहि मंसिर २८ गते देखि पौष २ गते सम्म डोटीको कपल्लेकिमा सातौ एसपिए कपल्लेकि शिल्ड अन्तर पालीका स्तरिय भलिवल प्रतियोगित हुने भएको हो ।
एसपिए कपल्लेकी शिल्ड आयोजक समिति खेलको आयोजना गर्ने छ । साथै यो सातौं संस्करण एस पि ए कपल्लेकि शिल्ड अन्तर पालीका स्तरिय भलिबल प्रतियोगिता हो ।