अछाम : अछाम निर्वाचन क्षत्र नम्बर २ प्रदेश सभा ‘ १’ मा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल विजयी भएका छन् ।
कुल खसेकाे २० हजार ७ सय २२ मत मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका रावल २ हजार ७ सय ७९ मत अन्तरले एमालेका भिम बहादुर बिष्टलाई पछि पार्दै बिजयी भएका छन ।
लाेकतान्त्रिक गठबन्धनका शाझा उम्मेदवार तथा नेकपा माओवादी का प्रदेश उपाध्यक्ष समेत रहेका रावल ले ११ हजार २ सय ३१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम बहादुर बिष्टले ले ८ हजार ४ सय ५२ मत पाएका छन ।
रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।