Advertisement
SKIP THIS
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा .तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं:निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी डा .तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

कार्की २०७८ साल पुस २ गतेदेखि ४ वर्षका लागि काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको पाइएको आयोगले जनाएको छ ।

कार्यकारी सदस्यको हैसियतमा कुनै मासिक तलब नहुने तर उपस्थित भएका बैठकका भत्ता र अनुगमन गर्दाको भ्रमण पत्ता उपलब्ध गराउने व्यवस्था बमोजिम २०७९ वैशाख ९ देखि भदौ २ सम्म भत्ता बुझेको पाइएको पनि आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया