Advertisement
SKIP THIS
भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति भीम रावलको आपत्ती

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति प्रश्न उठाएका छन्। महाकाली नदीपारि भारतले तावाघाट(लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रवार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक पवन महराको मृत्युबारे सरकार मौन बसेपछि नेता रावलले असन्तुष्टि पोखेका हुन्। उनले सिमानामा भारतको ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु भनेर प्रश्न गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ । १४ वर्षीया सरिना महरा घाइते भएकी छन्। सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु घाँटी कसले अँठ्यायो रु’

यसअघि भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गत महाकालीमा बगेर बेपत्ता भएको पनि एक वर्ष भएको उल्लेख गरेका छन्।

तर, यी दुई घटना हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालय दुवै बोलेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यस विषयमा प्रश्न उठाइसकेका छन्।

तपाईको प्रतिक्रिया