Advertisement
SKIP THIS
अझै ५ दिन बर्षाको सम्भावना

अछाम:जल तथा पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी न्युन चापिए रेखा आउँदै गरेकोले पश्चिमी वायुको प्रभावले आगामि ५ दिनसम्म बर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

आज देशका पहाडी भेगका केहि स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना समेत रहेको छ । बर्षाको सम्भावना रहेकोले सुदुरपश्चिमका नदीनालाहरुमा पानिको बहाव बढ्न सक्ने भएकोले आवस्यक सर्तकता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया