Advertisement
SKIP THIS
रबिन्द्र मिश्र राजेन्द्र लिङ्देलको राप्रपाको उपाध्यक्ष

अछाम: विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रसहित पार्टीका उनी पक्षधर नेता तथा कार्यकर्ताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक हुने भएका छन्।

स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि दोस्रो वरियतामा रहने गरी उपाध्यक्षका रुपमा मिश्र राप्रपामा जान लागेका हुन्।  राप्रपाभित्रकै नेताहरुको असहमतिका कारण एकीकरणको घोषणा हुन अझै केही दिनलाग्ने पनि बताइएको छ। 

राप्रपामा हाल ६ उपाध्यक्ष रहे पनि मिश्र अध्यक्ष लिङ्देनपछि दोस्रो वरियतामा रहने बुझिएको छ। मिश्रसँगै विवेकशील साझाका उनी पक्षधर प्रदेश संयोजक पनि राप्रपामा मिसिनेछन्। मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि बताइएको छ।

तपाईको प्रतिक्रिया