Advertisement
SKIP THIS
बर्थडे पार्टीबारे श्रममन्त्री कुँवरको सचिवालयले भन्यो ,बर्थडे बारे पूर्व जानकारी थिएन ।

काठमाडौं:श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले याक एण्ड यतिमा ओयोजित बर्थडे कार्यक्रमबारे आफूलाई पूर्व जानकारी नभएको बताएका छन् ।

प्रेस संयोजक रमा खड्काले एक विज्ञप्ति जारी गर्दै मन्त्री कुँवरका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ति समाचारमा सत्यता नभएको उल्लेख गरेकी छन् ।

‘एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति माननीय मन्त्रीज्यूको सचिवालयको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

एभरेष्ट स्प्रिङ वाटर कम्पनीको निमन्त्रणमा भदौ १९ गते याक एण्ड यतिमा एभरेष्ट स्प्रिङ वाटरको उद्घाटनका लागि मन्त्री कुँवर त्यहाँ पुगेको खड्काले बताएकी छन् ।

त्यही दिन कम्पनीका सञ्चालक सुजन आचार्यको जन्मदिन परेको र यसबारेमा मन्त्री कुँवरलाई पूर्वसूचना नभएको विज्ञप्तिमा भनिएको छ । त्यही संस्थाको कार्यक्रममा सरिक भएर त्यही कम्पनीका सञ्चालकको जन्मदिन अस्वीकार गर्ने अवस्था नरहेकोले औपचारिकताका लागि बर्थडेमा सरिक हुनुपरेको प्रेस संयोजक खड्का प्रष्ट पारेकी छन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरु असत्य रहेको र कम्पनीका सञ्चालकसँग मन्त्री कुँवरको कुनै व्यक्तिगत सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।

मन्त्री कुँवरले आइतबार आचार्यको बर्थडे पार्टीमा प्रमुख अतिथिको रुपमा भाषण गरेको भन्द्रै सञ्चारमाध्यममा समाचार आएको थियो ।

तपाईको प्रतिक्रिया