गोरखा :नेकपा एमालेले गुण्डा नाईके चक्रे मिलन परिचित मिलन गुरुङलाई प्रतिनिधिसभाको सदस्यका लागि सिफारिस गरेको छ ।
उनलाई एमालेले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।
एमाले क्षेत्रीय कमिटीले गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको छ ।
चक्रे विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका थिए । उनी पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए । चक्रे केही समयदेखि गोरखामा सक्रिय छन् ।