Advertisement
SKIP THIS
एकै परिवारका तीन जनाको हत्या

उदयपुर:उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

बेलका -७ मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरुको १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख (एसपी) ग्यानेन्द्र फुयालले बताए ।

मृतकको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। हत्याको आरोपमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत लाई प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया