Advertisement
SKIP THIS
कांग्रेसले रौतहटले सिफारिस गर्यो सामूहिक हत्याका अभियुक्त आलम संघीय संसद्को उम्मेदवार

रौतहट:विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट– २ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।

तपाईको प्रतिक्रिया