Advertisement
SKIP THIS
तास खेलको हेरे समेत १ हजार जरिवाना

अछाम: अछामको तुर्माखाँद गाउँपालिकाको एउटा वडाले अवैध मदिरा बेचबिचखन तथा सेवनमा कडाइ गरेको छ। वडा नम्बर ३ भैरवस्थानले सार्वजनिक स्थानमा अवैध मदिरा बेच्ने, सेवन गर्ने र जुवातास खेल्ने क्रियाकलापमा कडाइ गरेको हो।

वडाले एक सूचना निकालेर अवैध मदिरा बिक्री गरेको पाइए आठ हजारसम्म जरिबाना गरिने जनाएको छ। मदिरा सेवन गर्नेलाई साढे दुईहजारसम्म जरिमाना गरिने सूचनामा उल्लेख छ।

यस्तै वडाले जुवातास खेलेको हेर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ। जुवातास खेलाउनेलाई सात हजारसम्म र खेल्नेलाई तीन हजारसम्म जरिमाना गरिने वडाध्यक्ष काशिराम बुढाले बताए।  साथै जुवातास खेल्ने ठाउँमा बस्ने वा हेर्नेलाई एक हजारसम्म जरिमाना गरिने उनले बताए।

तपाईको प्रतिक्रिया